Wednesday, June 17, 2020

मानव संसाधन

कुनै सङ्घसंस्थामा वा एकल भौतिक वा मानसिक रूपमा काम गर्ने जनशक्ति जो सँग केही गर्ने सीप, दक्षता वा शिक्षा छ चाहे त्यो दक्ष, अर्धदक्ष वा अदक्ष नै किन नहोस् यसैलाई नै मानव संसाधन भनिन्छ । मानव संसाधनले कुनै पनि कामका लागि आवश्यक पर्ने सामान्य तथा प्राविधिक मानव स्रोतलाई बुझाउँछ । यसले सामान्य कामदारदेखि उच्च तथा दक्ष प्राविधिकसम्मका मानव जनशक्तिलाई समेट्छ ।डाक्टर, इन्जिनियर, शिक्षक, प्रशासक, कर्मचारी, वकिल, व्यापारी, नर्स, ड्राइभर, किसान, डकर्मी, सिकर्मी, नकर्मी जस्ता हरेक मानव संसाधन मानव जीवनमा र देश विकासमा अत्यन्तै खाँचोका विषय हुन् । कुनै एकको कमीले सारा प्रणालीमै समस्या पर्दछ ।
यतिमात्र नभएर हरेक स्रोत र साधन जस्तै प्राकृतिक स्रोत र भौतिक पुर्वाधार आदि सबैको सदुपयोग मानवबाटै हुने भएकाले मानव संसाधनलाई सबैभन्दा महत्त्वपूर्ण स्रोतको रूपमा पनि लिन सकिन्छ । प्राकृतिक स्रोतलाई विकास र निर्माणका कार्यमा उपयोग गरेर उन्नति र प्रगति गर्न सक्ने स्रोत पनि मानव नै हुन् ।
यसैगरी मानव संसाधन प्राकृतिक स्रोतको उपयोगमा मात्र नभएर प्राकृतिक स्रोतको विकल्पको रूपमा पनि प्रयोग गर्न सकिन्छ जसरी जापान, कोरिया र सिङ्गापुरले गरेका थिए । त्यस्तै भौतिक पुर्वाधारको उपयोग, उत्पादन वृद्धि, आर्थिक वृद्धि, प्रविधिको विकास, कृषि र उद्योगमा उन्नति र देशकै आर्थिक अवस्थाको सुधार र समृद्धिमा पनि यसले अत्यन्तै ठुलो टेवा पुर्याएको हुन्छ ।
यसरी देशको आर्थिक, सामाजिक, सांस्कृतिक र वैज्ञानिक उन्नतिका लागि मानव संसाधन अपरिहार्य रहेको हुन्छ ।

No comments:

Post a Comment

Meet links

 Section 11A meet.google.com/edcdmynkjh Section 11 B meet.google.com/tapmhdtkfj Section 11C meet.google.com/sxajjevufp Section !!D meet.goog...