Saturday, July 4, 2020

जुनेली रातमा जब म जुन हेर्छु

( गुरुहरू प्रति समर्पित )

जुनेली रातमा जब म जुन हेर्छु
तब मेरो मनमा तरह तरहका भावनाहरू उत्पन्न हुन थाल्छन् 
अनि सोच्छु,
"आहा, जुन त कति राम्रो है,
यस्तो अन्धकारमा पनि सारा पृथ्वीमा उज्यालो छरी रहेछ,
एक्लै यो सारा संसारमा प्रकाश पारी रहेछ
आहा, जुन त कति राम्रो है"
मन यस्तै सोची रहन्छ
अनि फेरी सोच्न थाल्छु
"जुन भन्दा पनि बढी प्रकाश छर्ने केही छ होला र?"
अनि दिन पार्ने सूर्यलाई सम्झन्छु
"एँ, अ त सूर्य त झनै चम्किलो हुन्छ नि है "
अनि फेरी विज्ञान सरले पढाएको सम्झन्छु 
"सूर्यभन्दा पनि धेरै ठुला र चम्किला ताराहरू हुन्छन् रे
तिनले धेरै प्रकाश गर्छन् रे "
अनि फेरी तिनैलाई मान्छु धेरै प्रकाश छर्ने चिज 
तर मन अझैँ सोचिरहन्छ अरू नै केही छ कि भनेर 
आखिर मन त हो रोक्न नै कहाँ सकिन्छ र?
अनि बल्ल मेरा मनमा आउनुहुन्छ सबै भन्दा बढी प्रकाश गर्नेवाला
मेरा गुरू
अनि उहाँलाई एकचोटी कोटी कोटी नमन व्यक्त गर्छु
मनैभरी उहाँप्रति श्रद्धाको भावना भरिएर आउँछ
अनुहारमा मुस्ककान छरिएर आउँछ
भित्रैबाट सम्मानको भावना जागेर आउँछ
मेरा गुरू प्रति
जब म जुनेली रातमा जुन हेर्छु
जुनेली रातमा जब म जुन हेर्छु

जुनेली रातमा जब म जुन हेर्छु
मेरा आँखा अगाडी झलझली मेरा गुरू आउनुहुन्छ
अनि म जुन हेर्छु
फेरी गुरू सम्झिन्छु
फेरी म जुन हेर्छु
फेरी गुरू सम्झिन्छु
अनि मनमनै गुरूलाई भन्छु
"गुरू,
हुन सक्छ यो जुन नभए,
अहिलेको यो जुनेली रात निष्पट्ट 
अन्धकार हुन्थ्यो होला,
तर हजुर नभए त दिन र रात दुवै अन्धकार हुन्थे नि गुरू,
गुरू,
यो जुन त अहिलेको समय रमाइलो बनाएर भोली बिहान लुकेर गईहाल्छ गुरू,
तर हजुरले दिएको ज्ञान त सधैँ उपयोगी रहिरहन्छ गुरू,
गुरुका बारेमा यस्तै भावनाहरू मनमा उत्पन्न भई रहन्छन्
जब म जुनेली रातमा जुन हेर्छु
जुनेली रातमा जब म जुन हेर्छु

जुनेली रातमा जब म जुन हेर्छु
गुरुलाई सेतो चक र कालो डस्टर लिई 
एउटा काखिमा किताब च्यापी
कक्षामा प्रवेश गर्दै गरेको सम्झन्छु
फेरी जुन हेर्छु
गुरू सम्झिन्छु
जुन हेर्छु
फेरी गुरू सम्झिन्छु
गुरू,
हामीले त हजुरलाई कहिल्यै राम्ररी हेरेनौँ
जहिल्यै गाली गर्नुहुन्छ भनेर मात्र सम्झियौँ
तर हजुरले हामीलाई कहिल्यै ज्ञान दिन छाड्नुभएन गुरु
आफू जलेर भएपनि हामीलाई उज्यालोमा राखिरहनु भयो
नयाँ कुरा सिकाइरहनु भयो
ज्ञानको प्रकाश छरीरहनु भयो
तपाईलाई कोटी कोटी नमन छ गुरू
अनि अनायासै मेरा हात जोडिन्छन्,
शिर झुक्छ,
अनि गुरुलाई मनैदेखि नमस्कार गर्छु
जब म जुनेली रातमा जुन हेर्छु
जुनेली रातमा जब म जुन हेर्छु

जुनेली रातमा जब म जुन हेर्छु
अनि गुरू देख्छु
फेरी जुन हेर्छु
फेरी गुरू देख्छु
जूनमा गुरूको अनुहार मुसुक्क मुस्कुराएको देख्छु
अनि देख्छु,
 "ओहो, सर हजुरका गाला त कुप्रिसकेको रहेछन्"
तर हजुरले हामीलाई कहिल्यै नकुप्रिने ज्ञानको
मल र जलले गोडमेल गर्नुभयो,
हुर्काउनुभयो, बढाउनुभयो
तब त म आज यसरी आफ्नै खुट्टामा उभिन सफल भए नि गुरू
गुरू,
हजुरले त म जस्ता हजारौँ विद्यार्थीको जीवनमा
उज्यालो छर्कनुभयो नि गुरू,
अनि जुन चम्किलो कि हजुर नि गुरू,
गुरू,
सूर्यको प्रकाश समेतले त उर्वर भूमिमा मात्र बिरुवा हुर्काउँछ
तर हजुरले त
हजारौँ सुक्खा जमिनलाई बगैँचा
बनाइदिनु भएको छ गुरू
अनि सुर्य चम्किलो कि हजुर नि गुरू

फेरी त्यो जुनमा गुरुको तस्वीर झल्झल्ती
आँखा अगाडी आईरहन्छ
अनि फेरी आँखा चिम्लेर गुरुलाई एकचोटी
ढोग गर्छु ।
त्यस पछि मनै त्यसै त्यसै हर्षित भईरहन्छ
ओठ त्यसै त्यसै मुस्कुराइरहन्छन्
चन्द्रमामा गुरुको मुस्कुराहटसँगै
मन रमाइरहन्छ
जब म जुनेली रातमा जुन हेर्छु
जुनेली रातमा जब म जुन हेर्छु
जुनेली रातमा जब म जुन हेर्छु




No comments:

Post a Comment

Meet links

 Section 11A meet.google.com/edcdmynkjh Section 11 B meet.google.com/tapmhdtkfj Section 11C meet.google.com/sxajjevufp Section !!D meet.goog...